free-programming-books/docs/HOWTO-np.md
Saroj Wasti 73e662db86
Add translation for Nepali in docs: HOWTO ()
* Add HOWTO-np.md

* Add How-To Translation in Nepali
2022-10-13 22:45:30 -04:00

4.9 KiB

कसरी-एक नजर (How-To at a glance)

Free-Programming-Books मा स्वागत छ!

हामी नयाँ योगदानकर्ताहरूलाई स्वागत गर्दछौं; GitHub मा आफ्नो पहिलो पुल अनुरोध (PR) गर्नेहरू पनि। यदि तपाईं ती मध्ये एक हुनुहुन्छ भने, यहाँ केही स्रोतहरू छन् जसले मद्दत गर्न सक्छ:

प्रश्नहरू सोध्न नहिचकिचाउनुहोस्; प्रत्येक योगदानकर्ताले पहिलो PR बाटै सुरु गरेका थिए । त्यसोभए... किन हाम्रो ठूलो, बढ्दो समुदायमा सामेल नहुनेत।

प्रयोगकर्ता बनाम (vs) समय ग्राफहरू हेर्न क्लिक गर्नुहोस्।

EbookFoundation/free-programming-books's Contributor over time Graph

EbookFoundation/free-programming-books's Monthly Active Contributors graph

यदि तपाईं एक अनुभवी ओपेन सौर्स योगदानकर्तानै हुनुहुन्छ भने पनि, त्यहाँ केहि चीजहरू छन् जस्ले तपाइँलाई अड्चन पुराउन सक्छन। एकपटक तपाईंले आफ्नो PR पेश गरिसकेपछि, GitHub Actions ले linter चलाउनेछ, प्रायः स्पेसिङ वा वर्णमालामा साना समस्याहरू फेला पार्छ। यदि तपाईंले हरियो बटन पाउनुभयो भने, सबै समीक्षाको लागि तयार छ; तर यदि होइन भने, चेक अन्तर्गत "विवरण" मा क्लिक गरी लिन्टरलाई के मनपरेन पत्ता लगाउनुहोस, समस्या समाधान गर्नुहोस् र तपाईको PR खोलिएको शाखामा नयाँ प्रतिबद्धता (commit) थप्नुहोस।

अन्तमा, यदि तपाइँ निश्चित हुनुहुन्न कि तपाइँले थप्न चाहनु भएको स्रोत Free-Programming-Books को लागि उपयुक्त छ, CONTRIBUTING मा दिशानिर्देशहरू पढ्नुहोस् (translations उपलब्ध छन्)

वेबसाइटको लिंक